भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । क्लबले अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख १ हजार प्रदान गरेको हो । क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले उक्त रकमको चेक अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
क्लबले यस अघि नै अस्पताललाई अक्सिजन प्लान्टको लागि सहयोग गर्ने घोषणा गरे अनुरुप बिहीबार रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले कोरोना महामारीको बेलामा लायन्स क्लब अफ ग्रीन सिटीले उदाहरणीय कार्य गरेको बताए ।
यस अघि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र मिलनचोकमा निःशुल्क खाना वितरण गरिएको क्लबका वर्ष २०२१/२२ का इलेक्ट प्रेसिडेण्ट गोविन्द प्रसाद गिरीले बताए ।
Like this:
Like Loading...