एजेन्सी ।
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् । लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा ४३ जना घाइते भएका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन ।
Like this:
Like Loading...