काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।बैठकमा पार्टीको १४औं महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ ।
साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ ।
Like this:
Like Loading...