भैरहवा । स्थानिय चुनावको मनोनय दर्ता भएसँगै देशभर चुनावी सरगर्मी शुरु भएको छ । देशभर चुनावी सरगर्मी शुरु भएसँगै प्रत्येक पार्टीले भोट माग्नको लागी प्रचारप्रसारको काम शुरु गरिसकेका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा पनि चुनावी चटारो शुरु भएको छ । गाउँपालिकामा एमाले, राप्रपा, कांग्रेस, जसपा, माओवादीबीच निकै कडा प्रतिस्पर्धा छ । एमालेबाट ओमसतिया गाउँपालिकाको प्रमुखमा मन्जित कुमार यादव (सोनु) र उपप्रमुखमा निर्मला कुमारी निषादले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन नजिकिए सँगै संचार माध्यममा पनि चुनावी अभियानलाई प्रभावकारी बनाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ओमसतियामा प्रचार डेस्क स्थापना गरेको छ ।
ओमसतिया वडा नं १ ठुटिपिपल स्थित एमाले प्रचार-प्रसार कार्यालयमा स्थापना गरिएको डेस्कको बिहिवार एक कार्यक्रमकाबीच पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गुनाखर भुसाल र रुपन्देही जिल्ला कमिटी उपसचिव हितराज पन्थीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै भुसालले पार्टीलाई जिताउन सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए । भुसालका अनुसार चुनावी अभियानमा संचारमाध्यमको भुमिका बिषेश हुने छ ।
त्यस्तै एमाले रु रुपन्देही जिल्ला उपसचिव तथा प्रचार बिभाग प्रमुख हितराज पन्थीले प्रचार डेक्सले पार्टीको प्रचार प्रसारमा महत्वपुणर् भुमिका निर्वाह गर्ने जानकारी दिए । पन्थीले स्थानिय निकाय चुनावमा विजय हासिल गर्न प्रचार प्रसार हुनुपर्ने बताउदै पार्टीले प्रत्येक स्थानिय तहमा प्रचार बिभाग गठन गरिएको बताए ।
कार्यक्रमका अध्यक्ष ओमसतिया गाउँपालिका कमिटी अध्यक्ष इन्द्र गुरुङले ओमसतियामा घरदैलो अभियान बिहिवार देखि शुरु भएको बताए । गुरुङले घरदैलो अभियान शुरु भएकोले गाउँपालिकामा प्रचार बिभाग गठनले प्रचार प्रसारमा थप बल पुग्ने जानकारी दिए ।
कार्यक्रममा ओमसतिया गाउँपालिका प्रमुख उम्मेद्वार मन्जित कुमार यादव (सोनु), उपप्रमुख उम्मेद्वार निर्मला कुमारी निषाध, ओमसतिया गाउँपालिका कमिटी सचिव श्याम प्रसाद बस्याल, नेकपा एमाले रुपन्देही जिल्ला प्रचार बिभाग सचिव नरेश केसी लगायतको उपस्थिती रहेको थियो ।
ओमसतिया गाउँपालिकामा प्रतिक पौडेलको संयोजक्तवमा मनोज क्षेत्री, प्रकाश गौतम र एलिना आचार्य सदस्य रहने गरि प्रचार बिभाग गठन भएको छ ।
Like this:
Like Loading...