विराटनगर ।
प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।संविधानको धारा १८३ को उपधारा(१)बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
Like this:
Like Loading...