भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८–०७९ को गाउँपालिकाले उक्त रकमको बजेट ल्याएको हो ।
पालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख, संघीय सरकारबाट ४२ करोड २४ लाख ७७ हजार, प्रदेश सरकारबाट ४ करोड २२ लाख ५३ हजार, जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख, अन्य श्रोतबाट प्राप्त हुने १ करोड ७० लाख र बैंक मौजदात ३ करोड रहेको जनाएको छ ।
बजेट पेश गर्दै गाउँसभा सदस्य ईन्द्रमान चौधरीले गाउँपालिकाले आर्थिक विकासमा ३ करोड ७४ लाख ६ हजार, सामाजिक विकास तर्फ २६ करोड ९३ लाख २३ हजार, पूर्वाधार विकासमा १३ करोड ३४ लाख ६५ हजार, सुशासन तथा अन्तरसम्बन्ति क्षेत्र तर्फ २ करोड ५० लाख ३६ हजार र कार्यालय सञ्चालन तथा ब्यवस्थापन तर्फ ९ करोड २० लाख रुपैया बिनियोजन गरेको बताए ।
Like this:
Like Loading...