भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७८–७९का लागि १ अर्ब १८ करोड ७९ लाखको बजेट पेश गरेको छ ।
संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण, सशर्त अनुदान, राजश्व बाडफाट, समपुरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम र आन्तरिक आय लगायतबाट प्राप्त आयबाट सो बजेट पेश भएको हो ।
चालु आर्थिक वर्षमा संशोधित आयको ७३ प्रतिशत अर्थात ८१ करोड, १६ लाख ८३ हजार १ सय ९७ रुपैया आमदानी भएकोमा ५१ करोड ५५ लाख ३० हजार ८ सय ४४ रुपैया खर्च भएको छ ।
नगरपालिकाले कुल बजेटको ४८ दशमलव ४४ प्रतिशत चालुतर्फ, ५१ दशमलव ५६ प्रतिशत पूजिगत तर्फ खर्च गर्ने अनुमान गरेको छ ।
Like this:
Like Loading...