काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैंले राखेका हुन । मन्त्रालयको भागबन्डामा जुटेको नवगठित सरकारलाई कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको चर्को दबाब परेपछि प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन ।नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन । उनी लिटिल एन्जल्स स्कुलका संस्थापक तथा सञ्चालक पनि हुन । उनी विगतमा प्याब्सनको अध्यक्षसमेत थिए ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरुसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन ।
Like this:
Like Loading...