काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी छ ।
आजको बहसमा अधिवक्ता सविता भण्डारीले राष्ट्रपतिको बदनीयत र असंवैधानिक कदमको शृङ्खला संसद् विघटन भएको टिप्पणी गरेकी छन् ।
रिट निवेदकका तर्फबाट बहस गर्दै उनले १४९ जना प्रतिनिधि सभा सदस्यको समर्थन लिएर गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुमा राष्ट्रपतिको बदनियत लुकेको तर्क गरिन्।
‘संविधानको ७६(४) अनुसार विश्वासको मत लिनु पर्नेमा ओलीले नलिइ मार्ग प्रशस्त गरेको तर्ककै आधारमा प्रतिनिधि सभा विघटन गर्नु भयो। कुनै पनि सांसदले प्रधानमन्त्री दाबी गर्ने आधार लिएर गए नियुक्त पाउने व्यवस्था धारा ७६(५) हो’, उनले भनिन्।
Like this:
Like Loading...