अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले प्रदेश सरकार बाट वन ऐन पारित नहुँदा काम गर्न समस्याका भएको गुनासो प्रदेश भरिका १२ वटा जिल्लबाट आएकाले संसदबाट तत्कालनै वन ऐन पारित गरिने बताएकी छन् । गृह जिल्ला अर्घाखाँचीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएकी पाण्डेले अर्घाखाँचीको सिमाना क्षेत्रमा कपिलबस्तुले अतिक्रमण गरेको करिव १२ हजार हेक्टर वन क्षेत्रफलमा आफ्नै कार्यकालमा काडे तार लगाउने बताएकी छन् ।
सोहि क्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीले ११ महिनाको अवधिमा कुल बजेट ७ करोड ५ लाख ३० हजार मध्ये ५ करोडको ९१ लाख ६३ हजारको कार्यसम्पादन भएको डिभिजनल वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी गराएका थिए । प्रतिशतका हिसावले ७९ प्रतिशत कार्यक्रम सम्पन्न भएको जानकारी गराएका थिए ।
पाण्डे मन्त्री भएपछि पहिलो पटक आफ्नो जन्मघर अर्घाखाँची जिल्लामा आएकी हुन् ।
गृह जिल्लाका विभिन्न स्थानमा मन्त्री पाण्डेको भव्य स्वागत समेत गरिएको थियो ।
यस्तै डिभिजन वन कार्यालय अर्घाखाँचीले उनको स्वागतमा विशेष कार्यक्रम गरेको थियो ।
त्यसैगरि छत्रदेव गाउँपालिकाका विभिन्न वार्डहरु साथै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटले पनि उनको सम्मानमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्यो।
छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटमा जन्मिएकी पाण्डेको स्वागतमा विशेषगरी छत्रदेवका जनताहरु निकै खुशी देखिएका थिए।
Like this:
Like Loading...