रुपन्देही । रुपन्देही जिल्ला नेपालको बालबिवाह हुने प्रमुख मध्यको एक जिल्ला हो । मुख्य रुपमा नेपाली र अवधी भाषा बोलिने यो जिल्लामा एउटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउपालिका रहेका छन् ।
एक अध्ययन अनुसार रुपन्देही जिल्लाको मधेसी समुदायमा बढी बालविवाह हुने गरेको छ । मुख्यत गुप्ता, कुर्मी, लोध, यादव, हरिजन, मिश्रा, बाजिया, कलवार, पासी, पासवान, मौर्य, लगायतका जातिमा बालविवाह एउटा प्रथा र परम्पराको रुपमा रहेको अध्ययनले देखाएको छ । यस अध्ययनले तुलनात्मक रुपमा मुस्लिम समुदायमा भन्दा मधेसी समुदायमा बालविवाहको स्थिति अझै व्याप्त रहेको देखाएका छ । यसरी जिल्लामा बालविवाह बढिरहँदा यसलाई रोक्ने प्रयास पनि भएका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिकाले यसैको प्रयास स्वरुप वालिका बिमा कार्यक्रम ल्याएको थियो । ओमसतिया गाउपालिकाले त ऊक्त कार्यत्रमलाई अघि बढाउन सकेन तर रुपन्देहीको गैडहवा गाउपालिकाले भने वालिका बिमा कार्यक्रम २०७५ देखि लागु गरेर प्रभावकारिताका साथ अघि बढाएको छ ।
गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटका अनुसार गाउपालिकामा बालविवाह रोक्नको लागी गाउँपालिकाले वेटी बचाउ वेटी पढाउ कार्यक्रम ल्याएर नवजात शिशुहरुको बालिका बिमा गरेको छ । केवटले बालिका बिमा कार्यक्रमको प्रभावकारिताको लागी गाउँपालिकाले सक्दो प्रयास गरेको बताए । गाउपालिकाको बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत शुरु भएको वालिका बिमा कार्यक्रमका कारण अहिले गाउपालिकामा मातृ शिशु मत्यु दर घटेको छ ।
वालिका बिमाको लागी अभिभावकले स्वास्थ चौकीमा नै बच्चा जन्माउनु पर्ने नियमका कारण मातृ शिशु मत्यु दर कम भएको हो । मातृ शिशु मत्यु दर माक्र होइन कार्यत्रमले मधेसमा हुने अन्य समस्या जस्तै भ्रुण हत्या पनि न्युनिकरण गर्न सहयोग गर्नेछ । गैडहवा गाउपालिका स्वास्थ शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यायले बालिका बिमा कार्यक्रम शूरु भएपछी गाउपालिकामा मातृ शीशु मत्युदर उल्लेख्य रुपमा घटेको जानकारी दिए ।
उपाध्यायका अनुसार गाउपालिकामा वालिका बिमा कार्यक्रम शूरु हुनु अगाडी संस्थागत सुत्केरी ५८ प्रतिशत रहेकोमा अहिले बढेर ७५ प्रतिशत पुगेको छ । बालिका बिमा कार्यक्रम अन्तर्गत गाउपालिकाले बच्चा जन्मिएको तिन महिना भित्र बिमा गर्ने गरेको छ । बालिका बिमा कार्यक्रममा समावेश हुन संस्थामा सुत्केरी हुनुपर्ने छ ।
बिमा बापत गाउपालिकाले २० हजार र अभिभावकले ५ हजार रकम बैंकमा जम्मा गर्नुपर्ने छ । बिमा २० बर्ष सम्म हुनेछ । २० बर्ष पुगेपछि एउटा बालिकाले करिव ४ लाख रकम पाउनेछ । गाउपालिकाले बनाएको कार्यविधीमा २० बर्ष अगाडी कसैले बिवाह गरेमा उक्त रकम पाउन नसक्ने नियम बनाइएको छ जसका कारण बालविवाह रोकिने कुरामा गाउपालिका बिश्वस्त छ । बालिका बिमा कार्यक्रममा कारण बालिकाहरु २० बर्ष पुगेपछि उच्च शिक्षा हासिल गर्न पनि सहयोग हुने गाउँपालिकाको अपेक्षा छ ।
गाउपालिकाले अहिले सम्म ७५ जना वालिकाको बिमा गरि सकेको छ । २०७५(७६ मा शुरु भएको बालिका बिमा कार्यक्रममा गाउपालिकाले हालसम्म ९५ लाख बजेट बिनियोजन गरिसकेको छ । गैडहवा गाउपालिकाले जस्तै नेपालका अन्य पालिकाले पनि बालबिवाह न्युनिकरणको लागी यस्ता खालका प्रयास गर्न जरुरी छ । समाजमा हुने लैङ्गिक हिसां अन्त्य गर्न पनि यस खालका कार्यक्रम गर्न जरुरी छ ।
Like this:
Like Loading...