काठमाडौं ।
अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी गरााएका छन् ।
पछिल्ला तीन हप्तामा नेम्वाङ्गले अनावश्यक नाटक गरेर आफूलाई तनाव दिइरहेको जनाउँदै अल्मुताइरीले लेखेका छन्‚ ‘आशा गर्दछु कि अब तपाईं खुसी महसुस गरिरहनुभएको होला पंकज नेम्वाङ।’ यस्तै उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए।
Like this:
Like Loading...