काठमाडौं । कोरोना संक्रमणका कारण बीचैमा रद्द गरिएको इन्डियन प्रिमियर लिग ( आइपिएल) क्रिकेट २०२१ को बाँकी रहेका खेलहरुको खेलतालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले आज प्रतियोगिता सुचारु हुने मिति सार्वजनिक गरेको हो ।
बाँकी रहेका खेलहरु सेप्टेम्बर १९ देखि युएईमा हुने भएका छन् । उक्त दिनमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका कुल ६० खेलमध्ये २९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ३१ खेलमध्ये १३ खेल दुबईमा हुँदा १० खेल शारजाह र ८ खेल अबुधाबीमा हुनेछन् । फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

Like this:
Like Loading...