काठमाडौ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन २० गतेसम्म थपिएको छ ।आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै केही प्राबधानहरु अझै खुकुलो बनाउने निर्णय गरेको हो ।
आजदेखि जारी हुने थप दस दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
Like this:
Like Loading...