रुपन्देही ।
लुम्बिनी प्रदेशकाे उद्योग,वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई अस्पताल भर्ना गरिएको छ ।
मुटुमा समस्या देखिएसँगै भैरहवास्थित भिम अस्पताल पुर्याइएकी मन्त्री पाण्डेलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । आइतबार काठमाडौँ ल्याइएकी मन्त्री पाण्डेको हाल थापाथलिस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री पाण्डेको मुुटुलगाएत खुट्टामा समेत समस्या देखिएको जसपाका जिल्ला अध्यक्ष अजय बर्माले जानकारी दिएका छन् । मन्त्री पाण्डेको उपचारमा चिकित्सक पंकज जनाल र दिपक भट्टको टोली खटिएको छ ।
Like this:
Like Loading...