काठमडौं ।
जनता समाजवादी पार्टीको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए।
यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ। डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले दाबी गरेका छन्।
यसैबीच अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताए।उनीहरूले प्रतिगमनमा लागेको कुरा गल्ती स्वीकार गर्दै माफी मागेमा पार्टीमा राख्ने यादवले बताए।
Like this:
Like Loading...