भैरहवा। तिलोत्तमा नगरपालिका वडा नं ६ निवासी ऋषीराम शर्मा पौडेलले २०७५ फागुन २५ गते ८० लाख लागतमा बस खरिद गरे । एसी सुविधा सहितको ठुलो बस किनेका पौडेल शुरुको केही महिना राम्रै आम्दानी गरिरहेका थिए । बैंक बाट महिनाको ९० हजार किस्ता बुझाउने गरी बस खरिद गरेका पौडेलको दनचर्या राम्रै चलिरहेको थियो नेपालमा २०७६ माघ १० गते कोरोना प्रवेश गर्यो ।
क्रमश नेपालमा कोरोना महामारीको रुपमा फैलियो । नेपाल सरकारले चैत ११ देखी लकडाउन घोषणा गर्यो । यातायात क्षेत्र ठप्प भयो । यसले पौडेलको आम्दानीको स्रोतनै बन्द गरिदियो । पौडेल लकडाउन खुल्ने प्रतिक्षामा केवल बैंकको किस्ता तिर्दै बसे ।
पौडेल भन्छन्, “गाडीले राम्रै आम्दानी दिएको थियो, पहिलो चरणको लकडाउनमा लकडाउन छिट्टै खुले गाडीले राम्रै आम्दानी दिन्छ लगानी उठाउला भन्ने सोचले किस्ता तिर्दै बस्यौ तर लकडाउन लम्बिदै गयो किस्ता तिर्न पनि सक्ने अवस्था रहेन।’
लकडाउन खुल्यो । लकडाउन खुलेपछि पौडेलको गाडीले पहिलाकै अवस्थामा पुग्ने तरखर गरिरहेको थियो । पौडेलले बसमा रंगरोगन गरेर चट्ट के परेका थिए देशमा दोस्रो लहरको कोरोना संक्रमणको महामारी फैलियो काठमाडौं प्रशासनले लकडाउन घोषणा गर्यो । यसपाली त पौडेल थचक्कै बसेर टाउकोमा हात राख्दै भने “ अब बस बेच्न पर्यौ।’
पौडेलको जस्तै पिडामा छन् आर्का बस ब्यवसायी हरी भण्डारी । देवदह नगरपालिका भलुही निवासी भण्डारीले २०७६ बैशाखमा बस किनेका हुन् । पौडेलका सालो भाइ समेत रहेका भण्डारीले पनि बैंक बाट ऋण लिएर बस खरिद गरे । बैंकको किस्ता महिनाकै ९३ हजार तिर्नुपर्थ्यो । शुरुका केही महिना भण्डारीले पनि राम्रै आम्दानी गर्दै आएका थिए ।
किस्ता पनि तिर्दै आएका थिए । तर कोरोना संक्रमणको महामारीका कारण यातायात क्षेत्र ठप्प भएपछि भण्डारीको आम्दानीको स्रोत बन्द भएको छ । अहिले भण्डारी बैंकको किस्ता मात्र तिर्दै छन् । भण्डारी पनि बस बेच्ने मनसायमा पुगि सकेका छन् ।
यो दुई वटा उदाहरण प्रतिनिधीमुलक मात्र हुन् । अहिले नेपालमा अधिकाशं बस ब्यवसायीहरु पिडामा छन् । रुपन्देहीको सिद्धार्थ सार्वजनिक यातायात प्रा लीका अध्यक्ष संजिव रोक्का भन्छन् ब्यवसायीको हालत उस्तै छ, चालकको अवस्था पनि उस्तै छ र मजदुर त झन् के गरे होलान् । रोक्काका अनुसार सरकारले बस व्यवसायीको पिडामा मल्हम लगाउन सकेन ।
लु २ ख २५६१ नंको बस चलाउदै आएका सुनिल राना मगर अहिले फुर्सदमा छन् । मगर भन्छन् बस चलेन कमाइ छैन सरकारले बताइदिनु पर्यो हामीले के गरेर खाने कसरी बाच्ने । यस्तै पिडा सह चालक राजकुमार क्षेत्री पनि सुनाउछन् सरकारले कमसेकम हामीहरुको बेदना बुझिदिनु पर्थ्यो तर बझेन ।
असार मसान्त आएको छ । बैंकहरुलाई किस्ता र ब्याज उठाउने चटारो छ । तर बस व्यवसायीहरु फोन अफ गरेर लुक्न बाध्य छन् । कारण किस्ता र ब्याज तिर्न पैसा छैन बैंकका कर्मचारी फोन गरेर कराउछन् भन्ने केही छैन उनीहरुसँग ।
लकडाउन खुले पनि बन्द भएर बसेका गाडी बनाउनै लाखौ खर्च
२०७८ असार १२ गते लुम्विनी प्रेस क्लवको टोली प्रशासनको अनुमती लिएर बर्दिया हिड्यो । सिद्धार्थ सार्वजनिक यातायात प्रा लीले दोस्रो चरणको लकडाउन हुनु केही महिना पहिले मात्र खरिद गरेको बस लिएर क्लव बर्दिया हिडेको थियो ।
बिहान ८ बजे बर्दियाको लागी हिडेको क्लवको गाडी लुम्बिनी भन्दा ५ किमी अगाडि गएर बिग्रियो । बस अगाडि बढ्न सकेन । बसका चालकका अनुसार बस धेरै समय नचलाइ राख्दा यस्तो भएको हो । उक्त बस बनाउननै अब हजारौ रकम खर्च हुनेछ । बस बिग्रिएपछि क्लवको टोली आर्को बस मगाएर बर्दियातर्फ लाग्यो । पछी आएको बस केही समय अघि मात्र विवाहमा चलेको भएर राम्ररी गुड्यो ।
यसरी लकडाउन खुले पनि धेरै ब्यवसायी बस बनाउननै लाखौ रकम खर्च गर्नुपर्ने अवस्था आउने देखिन्छ । लामो समय नचली बन्द भएर थन्किएका बसमा खिया लागेका छन् । सिद्धार्थ सार्वजनिक यातायात प्रा लीका अध्यक्ष संजिव रोक्काले सरकारले बस व्यवसायीको समस्याहरुमा ध्यान दिएकै महसुसनै हुदैन ।
सरकार खोज्दै बस व्यवसायी
बस व्यवसायी ऋषीराम पौडेल अहिले सरकारको खोजिमा छन् । उनी भन्छन् राष्ट्रमा तिन तहको सरकार छ हामी एक तहले भए पनि हाम्रो पिडामा मल्हम लगाउने प्रयास गर्छ कि भनेर सरकारको बाटो हेरिरहेका छौं सरकार खोजिरहेका छौं । ब्यवसायीले सरकार खोजेपनि सरकार भने गम्भीर भएको देखिदैन । सरकारले ल्याउने बजेटहरुमा ब्यवसायीको पीडालाई संबोधन गरेको देखिदैन । अध्यक्ष रोक्का भन्छन् बैंकका कर्मचारी मान्छे फेरेर फोन गर्ने गरेका छन् कहिले भैरहवाबाट गर्छन कहिले काठमाडौंबाट फोन गर्छन् । रोक्काले सरकारले गाडी चलाउन भने पनि आफूहरु गाडी चलाउन सक्ने अवस्थामा नरहेको बताए । न त बैंकको किस्तामा सहुलियत छ न त भ्याक्सिन हामी पीडामा हुँदा कहाँ छ सरकार प्रश्न गर्छन रोक्का
Like this:
Like Loading...