काठमाडौं ।
प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्र पढेर सुनाउने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने र पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक कार्यसूची छ ।

Like this:
Like Loading...