काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाल कार्यकारिणी समितिको बैठक बाेलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।
Like this:
Like Loading...