रुपन्देही । राजमन भरलाई यति बेला गफ गर्ने समय पनि हुदैन । रुपन्देहीको गैडहवा गाउपालिका ८ डोलहीका राजमन उमेरले ७९ बर्ष नाघी सकेका छन् । तर, कामको चाप कम भएको छैन ।
राजमन बिहान नहुदै उनको १५ बिगाहा क्षेत्रफलमा गरिएको फलफुल खेतीको हेरचाह गर्ने काममा लाग्दछन् । मधेसमा जेठ देखी भदौ सम्म फल्ने आप, जेठ-असारमा फल्ने लिच्ची, कटहर लगायतका फलफुल हेर्न उनलाई भ्याइनभ्याई छ ।
कृषी पेशामा अहिले धेरैको आकर्षण हराउदै गएको छ । अहिले नेपालमा पुर्ख्यौली पेशा कृषी भएपनि त्यसलाई छाडेर धेरै युवाहरु अन्य पेशा खोज्दै कामबिहिन भौतारिरहेको देख्न सकिन्छ । तर रुपन्देहीमा यो परिवार भने फरक निस्किएको छ ।
राजमनको परिवारले ५० बर्ष देखि फलफुल खेती गर्दै आएको छ । भर परिवारका हजुरवुवा देखि नाती सम्मले अहिले १५ बिगाहा क्षेत्रफलमा फलफुल उत्पादन गर्दै आएका छन् । उनले ११ बिगाहा लिजमा लिएका छन् भने ४ बिगाहा आफ्नै जग्गामा फलफुल खती गरेका छन् । रुपन्देही जिल्लामै फलफुल खेती यति धेरै क्षेत्रफलमा गरेको यो सबैभन्दा ठूलो हो ।
राजमन भरका अनुसार आफुहरुले ५ दशक देखी फलफुल खेती गरेपनि सरकारको सहयोग नपाउदा फलफुलले बजार पाउन नसकेको गुनाषो गरे । भरले आफु जस्तो किसानहरुको उत्पादनको बजारिकरणको लागी काम गर्नुपर्ने बताए ।
राजमनका ३ सन्तान रहेका छन् । तिन जनानै सन्तान फलफुल खेती गर्दै आएका छन् । भर परिवारको ५ पुस्ताले फलफुल खेती गरिसकेको छ ।
भरको फलफुल बगानमा अहिले आप, लिच्ची, बयर, कटर, अमला, अम्बा लगायत फलफुलहरु उत्पादन गर्दै आएका छन् । १३ बिगाहा क्षेत्रफलमा आप मात्र रहेको छ जसमा दसहरी, कपुरी, सफेदा, चौसा, निलम, अमरपाली, लेङ्गडा र स्थानिय जातका आप फल्ने गरेका छन् ।
यस्तै १ बिगाहा क्षेत्रफलमा लिच्ची रहेको जसमा सैलेस, वेदना, मुजफरपुरवाही लगायत जातका लिच्ची फल्ने गर्छन । भरले बार्षिक रुपमा ७ लाख मुल्य वरावरको आप, १ लाख मुल्य बरावरको लिच्ची र १ लाख मुल्य बरावरको बयर, कटहर, अम्बा र अमला बेच्ने गरेका छन् ।
राजमनका छोरा प्रमोद भरका अनुसार बुवाले गरेको फलफुल खेतीमा आफुहरुले पनि सक्दो सहयोग गर्ने गरेको बताए । फलफुल बगानको उत्पादकत्व बृद्धीको लागी बुवा संगै हातेमालो गरेको प्रमोदले सुनाए ।
भरले ५० बर्ष देखि फलफुल खेती गर्दै आएपनि अहिले सम्म सरकार बाट कुनै किसिमको अनुदान समेत लिएका छैनन् । अहिले भने भर सरकार संग संमन्वय गरेर फलफुल खेतीलाई अझ बढाउन चहान्छन् । अहिले फलफुल बगानका केही समस्या रहेका छन् । फलफुल बगानमा सिचाईको समस्या, चोरी लगायतका समस्या राजमनले भोग्दै आएका छन् ।
Like this:
Like Loading...