भैरहवा । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व शूक्रवार भैरहवामा मनाइएको छ । घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व नेवा खल सिद्धार्थनगरले भैरहवामा शूक्रवार मनाएको हो ।
भैरहवाको मिलनचोकमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व (गठांमो) मनाइएको हो । खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ ।
नेवा खल सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ बुंद रानाले नेवार समुदायले घण्टाकर्ण चाड भैरहवामा मनाएर संस्कृतीको संरक्षण गरेको बताउनुभयो । रानाका अनुसार यस खालको आयोजनहरुले धेरै कुराहरुको सन्देश दिने र शिक्षा प्रदान गर्ने गर्छ ।
कार्यक्रममा बोल्दै बिजय गोबिन्द सागरले घण्टाकर्ण पर्व बारे जानकारी दिनुभयो । सागरका अनुसार घण्टाकर्ण पर्वलाई नेवारीमा गठांमो भन्ने गरिन्छ । सागरले घण्टाकर्ण राजनितिक, धार्मिक, आर्थिक र सामाजिक कोण बाट बनेको घण्टाकर्ण भएको बताउनुभयो । सागरका अनुसार एउटा राज्य सत्ताले आर्को राज्य सत्तालाई दमन गरिसकेपछिको प्रतिक हो घण्टाकर्ण । सागरले अनआर्य माथी आर्यहरुले बिजय गरिसकेपछी अनआर्यका दिग्गजहरुलाई कुन किसिमले दमन गरियो घण्टाकर्ण त्यो शोषणको प्रतिक भएको जानकारी दिनुभयो ।
कार्यक्रममा ओमकार गौचन, बनमाली निराकर, नरेश केसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमका संयोजक सिद्धार्थनगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भिमसेन कर्मचार्यको स्वागतमा भएको कार्यक्रमको अध्यक्षता नेवा खल सिद्धार्थनगरका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गर्नुभएको हो ।
Like this:
Like Loading...