भैरहवा । सिद्धार्थनगर नगरपालिकामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम शुरु भएको छ । नगरपालिकाको आयोजनामा असार ३० गते सम्म चल्ने प्रशिक्षणमा नगरपालिका क्षेत्रको बिभिन्न वडाका ३० जनाको सहभागिता रहेको छ ।
नगरक्षेत्रमा मेलमिलापकर्ता बनाउने उद्देश्यका साथ नगरपालिकाले निर्वाणा लिगल एडभाइजर्स फोरम, रुपन्देहीको समन्वय र कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) को प्राविधिक सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
बुधवार कार्यक्रम उद्धघाटन गर्दै नगरपालिका प्रमुख हरी प्रसाद अधिकारीले प्रशिक्षण कार्यक्रमको प्रतिफल राम्रो आउने नगरेको गुनाषो गर्नुभयो । नगरपालिकाले तालिमहरुको आयोजना त गर्छ तर तालिम लिएर गएपछी त्यसको प्रभाव समाजको बिकासमा पर्ने गर्दैन अधिकारीले भन्नुभयो । अधिकारीका अनुसार तालिम लिएपछी त्यसको प्रभाव समाजमा सकारात्मक रुपमा पर्न जरुरी हुन्छ । अधिकारीले मेलमिलापकर्ताको तालिम लिएर गएपछी समाजमा मेलमिलाप गर्न अहम भुमिका निभाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लले सहभागिहरुले तालिमले दिन खोजेको कुरा लिन सके मात्र प्रशिक्षण कार्यक्रमको महत्व रहने बताउनुभयो । काफ्लेका अनुसार प्रशिक्षण कार्यक्रममा सहभागी सबै स्तरिय रहेको हुनाले तालिमले दिन खोजेको कुरा सहभागिहरुले राम्ररी लिने आफ्नो बिश्वास रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक कुमार शर्मा आचार्यले प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिताको लागी आफ्नो जोड हुने बताउनुभयो । आचार्यका अनुसार सक्रिय सहभागिता भनेकै सहभागिहरुमा प्रशिक्षण कार्यक्रमको प्रभावकारिता हो । आचार्यले ८ दिन सम्म चल्ने ४८ घण्टे प्रशिक्षण कार्यक्रमले राष्ट्रियस्तरको मेलमिलापकर्ता बन्न सकिने बताउनुभयो । यसका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता आचार्यले जनाउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले नगरपालिकामा मेलमिलापकर्ता उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मरासिनीका अनुसार नगरपालिकाको थप ४ वटा वडामा मेलमिलापकर्ता परिचालन गरिनेछ ।
कार्यक्रममा सहभागिता जनाउनको लागी सहभागिहरु स्नातक उतिर्ण भएको, नेपाली नागरिक भएको लगायत मापदण्ड तोकिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक आचार्य सहित सिताराम अधिकारी र सुर्य अधिकारीले प्रशिक्षण दिनुहुनेछ ।
Like this:
Like Loading...