रुपन्देही । जिल्ला खेलकुद विकास समिति रुपन्देहीको अध्यक्षमा मनोज गौचन चयन हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको बैठकले रुपन्देहीको मनोज गौचनको अध्यक्षतामा ९ सदस्यीय समितीको नाम चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शंकर पाण्डे, कोषाध्यक्षमा सुनिल पाण्डे र सदस्यहरुमा अंकित कुर्मि, बिनय कसौधन, बिनोद थापा, दुर्गा रास्कोटी, श्रद्धा कुँवर र हेमा बराल चयन हुनु भएको छ ।
लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयको खेलकुद क्षेत्रमा अति महत्त्वपूर्ण विषयकाे रूपमा रहेको खेलकुद बिकास परिषद्को बैठकबाट १२ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितीको अध्यक्ष, पदाधिकारी र सदस्यहरू नियुक्त गरेको छ ।
Like this:
Like Loading...