रुपन्देही जिल्ला खेलकुद परिषदको कोषाअध्यक्ष सुनिल पाण्डे चयन हुनुभएको छ । कोषाध्यक्ष पाण्डेले खेलाडीको हितका बारे काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो –“ खेलाडीलाई आइपर्ने समस्याको अन्त्य सँगै सधै उनीहरुको पक्षमा काम गर्ने बताउनुभयो । ” खेलाडीलाई तालिम संगै आवश्यक पर्ने खेल सामाग्रीहरु उपलब्ध हुन सके खेलाडीले परिणाममुखी नतिजा दिन सक्ने उहाँले बताउनुभयो ।उहाँ सँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
रुपन्देही जिल्ला खेलकुद विकास समितीको कोषाध्यक्षमा नियुक्त हुदाँ कस्तो लागिरहेको छ ?
रुपन्देही जिल्ला खेलकुद परिषदको कार्यभार सम्हालन पाउँदा मलाई अत्यन्तै खु:सी लागीरहेको छ ।
तपाई रुपन्देही खेलकुदको स्तरलाई कसरी हेर्नुहुन्छ ?
रुपन्देही खेलकुदले केही कठिन समयको सामना गर्यो । तर रुपन्देही खेलकुद अहिले राम्रो भईरहेको महशुश गरेकाे छु । म रुपन्देहीका खेलाडीसंग मिलेर काम गर्न चाहन्छु । मैले रुपन्देहीमा खेलाडीसंगै खेलकुद समर्थकमा समेत जोश देखेको छु ।
तपाईको नेतृत्वमा रुपन्देही खेलकुदमा कुन किसिमको परिवर्तन देख्न सकिन्छ ?
यो निकै हतारो हुनेछ । सर्वप्रथम म रुपन्देहीका खेलाडीहरुलाई भेट्न चाहन्छु र विभिन्न खेलकुद संघ सँग बसेर योजना बनाउन चाहन्छु । लुम्विनी खेलकुद परिषद र जिल्ला खेलकुद विकास समिती रुपन्देहीको कार्यसमिती धेरै राम्रो भएकोले काम गर्न अझै धेरै हौसला मिलेको छ जसका कारण रुपन्देहीको खेलकुद क्षेत्रमा धेरै सकारात्मक परिवर्तन गर्न सकिनेछ । हाम्रो प्रमुख योजनानै खेलकुद क्षेत्र र खेलको लागी आवश्यक समाग्री तथा खेलाडीको विकासको लागी बिशेष चासो दिएर बढ्ने योजना गरेकाे छु ।
नेपालका सबै खेलकुद विकास समितीको लक्ष्य राष्ट्रिय खेलकुदको प्रदर्शन हुन्छ । तर पछिल्ला केही संस्करणहरुमा रुपन्देहीले राम्रो गर्न सकेको छैन । के तपाईसंग कुनै विशेष योजना छ ?
रुपन्देहीका लागि राष्ट्रिय खेलकुद पक्कै पनि निकै महत्वपुर्ण प्रतियोगिता हो । कुनै दिन राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने महत्वकांक्षा समेत हुन आवश्यक छ । म भन्दिन कि मसंग कुनै विशेष योजना छ । तर मसँग एउटा दर्शन छ, जसमा मलाई विश्वास छ । हामी एउटा उच्च तहको कडा मेहनत गर्ने छौँ । नतिजाका लागि पुरा कोशिश गर्नेछौ ।
के तपाई रुपन्देही खेलकुदको पछिल्लो अवस्था बारे अवगत हुनुहुन्छ ?
मलाई रुपन्देही खेलकुद र खेलाडीबारे जानकार हुन आवश्यक छ । किनकी पाँच बर्ष देखि मैले रुपन्देहीको खेलकुद क्षेत्रमा चासो दिदैं आएको थिए । म पछिल्लो समय अन्य काममा ब्यस्त रहँदा समेत सम्भव भएसम्म रुपन्देही खेलकुदलाई हेरिरहेको छु । गत राष्ट्रिय खेलकुदको केही खेल रुपन्देहीमा भएको थियो मैले भैरहवामा भएको टेक्वान्डो खेल र क्रिकेट हेरेको छु । मलाई रुपन्देही खेलकुदबारे जानकार हुन आवश्यक छ । तर मलाई लाग्छ, रुपन्देहीको खेलको विषयमा मसंग सभ्य विचार छ ।
कोषाध्यक्षमा नियुक्त गरेसंगै तपाईले के लक्ष्य लिनुभएको छ ?
मेरो प्रमुख लक्ष्य भनेको खेलाडीको विकास हो । खेलाडीहरुको विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुदैन । खेलकुद समितिमा बसेर हामीहरु मोटाउने तर खेलाडीलाई भने पानी पनि पिउने राम्रो ब्यवस्था नहुने यो हुनु हुदैन । त्यसैले मेरो लक्ष्य भनेको खेलाडी केन्द्रित खेलकुदको विकास हुनुपर्छ भन्ने हो । त्यसपछि अन्य कुरामा निश्चित लक्ष्यका विषयमा समितीको बैठकमा कुराकानी गर्नेछु । तर हामीले रुपन्देही खेलकुदको दिर्घकालिन विकासका लागि छलफल गरेका छौ ।
तपाई रुपन्देही खेलकुदलाई अन्य जिल्लाको खेलकुद क्षेत्र संग कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
मलाई लाग्छ रुपन्देहीमा धरै क्षमतावान खेलाडीहरु छन् । रुपन्देहीले गत राष्ट्रिय खेलकुदमा केही पदक ल्याउन सफल भएको थियो । पदक कम भएपनि उक्त पदकहरु खेलाडीहरुको मेहेनतका कारण आएको हो । रुपन्देहीका खेलाडीहरु मेहेनती छन् अब हामीले ति मेहेनती खेलाडीहरुलाई समिती मार्फत सहयोग गरेर अघि बढाउने छौ र आगामी राष्ट्रिय खेलकुदमा रुपन्देहीले पदकहरु रेकर्ड ताेड्ने गरि खेलकुदको विकास गर्ने योजना छ । अब हामी त्यहीबाट सुरुवात गर्नेछौ । आशा गरौ, हामी कडा मेहनत र समर्पित भएर रुपन्देहीको प्रर्दशनको सुधार गर्नेछौ ।
अन्तिममा तपाई कोषाध्यक्ष रहँदा हामी खेलकुदमा राम्रो काम गर्न सक्छौ । पछिल्लो समय अन्य जिल्लाले खेलकुदमा गरेको प्रगतिलाई हामी पछ्याउन सक्छौ ?
म बाचा गर्छु, हामी सुधारका लागि कडा मेहनत गर्ने छौ । त्यसले कहाँ पर्याउँछ थाहा पाउनका लागि हामीले नतिजा कुर्न पर्ने हुन्छ ।
Like this:
Like Loading...