काठमाडौं ।
प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । केही बेरअघि उनको सपथसमेत सकिएको छ । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् । शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने बताए ।
Like this:
Like Loading...