काठमाडौं ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोलीको पहिलो राजनीतिक भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ ।
बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । एमसीसी उपाध्यक्ष फातिमाले दिउँसो २ बजे बालकोटमा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, बाकीको राजनीतिक भेटघाटको लागि भोलीको समय छुट्याएको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
Like this:
Like Loading...