काठमाडौं ।
संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।
संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ ।
व्यक्तिगत रिसीवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ जनाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।लोकबहादुरले आफ्ना बडाबाबु ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन्।
सुरुमा बडाबाबु तेजबहादुरलाई दाउरा प्रहार गरी हत्या गरेको र त्यसपछि अरुलाई पनि लखेटी लखेटी हत्या गरेको उनले बयान दिएका छन् । उनकाृ घर तलासी गर्दा प्रहरीले रगत लतपत कपडा फेला पारेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।
Like this:
Like Loading...