काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिनाको बैठकले निश्कर्ष नदिने कुरामा जोड दिएका छन् ।
आज सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली उपस्थित् नभएपछि ठाकुरले बैठकमा यस्तो धारणा रखेका हुन । जोसँग सम्बन्धित विषय हो उही बैठकमा नाआएपछि कुनै निस्कर्ष नआएको उनले बताए ।
आजको बैठकमा आफूले संसद् अवरुद्ध एमालेले मात्रै गरेको पहिलोपटक नभएको भन्दै यसअघि ५९ पटक पनि अवरुद्ध भएको स्मरण गराए । आजको बैठकमा सभामुखले संसद् बैठक सुचारु गर्नको लागि प्रयास गरिरहेको कुरा जानकारी दिए ।
Like this:
Like Loading...