काठमाडौं ।
कतार सरकारले तत्काल नेपालीलाई प्रहरीमा भर्ना नलिने भएको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासलाई तत्कालको लागि भर्ना नलिइने जानकारी दिएको हो ।
कतारको यस्तो निर्णयपछि भर्ना हुन छनौट भएका दुईसय जना नेपाली जान नपाउने भएका छन् । दोहा नियोगका राजदूत नारदनाथ भारद्धाजले लामो समयसम्म नेपालले कुनैपनि जानकारी नदिएकाले कतारले अन्यत्रबाट आवश्यकता पूर्ति गर्ने जवाफ आफूले पाएको जनाए ।म्यानपावर कम्पनी वा सरकारी च्यानल कुनमार्फत भर्ना छनौट गर्ने विषयमा विवाद भएको थियो । मागपत्र प्रमाणीकरण नभइकन म्यानपावर कम्पनीले अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो ।
छनौट भएका युवासँग कुनैपनि शुल्क लिन नपाइने सर्तको उल्लंघन गर्दै अल तौकेत ओभरसिज नेपालले ती दुईसय जनासँग झन्डै १४ करोड रकम संकलन गरेको थियो ।
Like this:
Like Loading...