काठमाडौं ।
अविरल वर्षाले विराटनगर विमानस्थल जलमग्न भएको छ । विमानस्थल जलमग्न भएपछि बुद्ध र यति एयरले त्यहाँका सबै उडान रद्ध गरेका छन् ।
विमानस्थलका रनवे, पार्किङ एरियालगायतमा केसलीया खोलाको बाढी पसेपछि जलमग्न भएको हो । बुद्ध तथा यति एयरले काठमाडौं-विराटनगरका लागि आज तय भएका सबै उडान रद्ध गरिएको जानकारी दिएका छन् ।
वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।
Like this:
Like Loading...