भैरहवा । जगन्नाथपुरी स्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपाली शासनतन्त्रलाई नास्तिकताको नाटक बन्द गर्न आग्रह गरेका छन् । भैरहवामा भएको धर्मसभालाई सम्बोधन गर्न आएका स्वामी श्रीनिश्चलानन्दले नेपाली नेताहरुलाई आरोप लगाउदै भने केही नेताहरु यस्ता छन् जो भित्र बाट एकदमै आस्तिक छन् तर बाहिर बाट नास्तिक भएको नाटक प्रस्तुत गरिरहेका छन् ।
जगतगुरु शंकराचार्यले नेपालका नेताहरुलाई बहुनायकवादको रुपमा प्रस्तुत हुन छाड्न आग्रह गरे । उनका अनुसार नेपालको उत्थानमा सबैभन्दा बाधक बहुनायकवाद हो । बहुनायकवाद भनेको दोहोरो चरित्रको ब्यक्ती भएको स्वामी श्रीनिश्चलानन्द भनाई छ । उनले नेपालका केही नेताहरुलाई भित्र भित्र सरकारलाई सहयोग गर्ने र बाहिर भने हिन्दुको नेता बन्दै हिड्ने गरेको समेत आरोप लगाए ।
स्वामी श्रीनिश्चलानन्दले रोटी बेटीको सम्बन्धका कारण पनि आफुलाई नेपालको बिषयमा चिन्ता रहेको बताए । उनका अनुसार नेपाल सुरक्षित रहे सम्म भारत सुरक्षित रहनेछ । नेपालको उपेक्षा गरेर भारत सुरक्षित नरहेने दावी स्वामी श्रीनिश्चलानन्दले । जगतगुरु शंकराचार्यले चिनको नामनै लिएर भारतलाई चिन बाट सुरक्षित राख्नको लागी पनि नेपाल सुरक्षित रहनु पर्ने बताए । स्वामी श्रीनिश्चलानन्दले नेपाल भौतिक र आध्यात्मिक दुवै दृष्टीले बलियो हुनुपर्ने आफ्नो चाहना रहेको बताए ।
स्वामी श्रीनिश्चलानन्दले निकट भविष्यमै नेपालमा हिन्दु राष्ट्र कायम हुने दावी गरेका छन् । स्वामी श्रीनिश्चलानन्दका अनुसार नेपाल हिन्दु राष्ट्र थियो, छ र हुनेछ ।
Like this:
Like Loading...