भैरहवा । नेकपा एमालेका कार्यकर्ताहरु एकताबद्ध रहेको स्थानिय तहका अधिवेशनमा प्रमाणित भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्माले बताउनुभएको छ ।
मंगलवार ओमसतिया गाउँपालिका वडा नं २ ठुटिपिपलमा आयोजना भएको नेकपा एमाले ओमसतिया गाउँपालिका कमिटीको प्रथम अधिवेशनमा बोल्दै बिश्वकर्माले वडाको अधिवेशनले केही हद सम्म नेकपा एमाले एकताबद्द भएको प्रमाणित गरेको र स्थानिय तहको अधिवेशनले थप उचाइमा उभिएर एमाले जनताको बिचमा रहेको र कार्यकर्ताहरु एकताबद्ध रहेको प्रमाणित गरेको बताउनुभएको हो ।
पुर्व मन्त्री समेत रहनुभएका बिश्वकर्माले नेकपा एमाले अहिले पनि देशको सवैभन्दा ठुलो पार्टी रहेको जानकारी दिनुभयो । बिश्वकर्माका अनुसार अहिले पनि संसदमा सवैभन्दा ठुलो दल नेकपा एमाले भएका कारण गठबन्धन जसले बनाएपनि सबैभन्दा ठुलो शक्ती एमाले हो ।
बिश्वकर्माले अहिले आफुहरुले सिंहदरवार तिर ध्यान नभएर पार्टीको संगठन निर्माण मजबुद गर्न भएको बताउनुभयो । बिश्वकर्माका अनुसार आफुहरुको ध्यान जतिबेला सिंहदरवार तिर हुनेछ त्यो बेला जस्तो सुकै गठबन्धन बने पनि भत्कनेछ । बिश्वकर्माले गठबन्धनको सरकार स्वार्थै स्वार्थको गुजुल्टो भएको आरोप लगाउनुभएको छ ।
बिश्वकर्माले आफुहरुको ध्यान सत्तामा नभएपनि राजनिती नेकपा एमालेकै वरिपरि घुमिरहेको दावी गर्नुभएको छ । बिश्वकर्माका अनुसार एमालेले के भन्छ र एमालेका अध्यक्षले के बोल्नुहुन्छ अहिले देशको राजनिती यसैमा केन्द्रित छ ।
Like this:
Like Loading...