काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज विरोद गरेका छ ।
कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।
आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरेकाे छ ।
Like this:
Like Loading...