काठमाडौं ।
नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् । बुधबार नेपाल बारको परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन्।
पेसीमा र इजलास गठनमा अनियमितता गरेको, मिडियामा गएर विचाराधीन मुद्दामा बोलेको र राजनीतिक नेताले झैं शक्ति आर्जन गर्न लागेको उनले आरोप लगाए।
भट्टराईका अनुसार यी हुन् प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण
१) न्यायमा अवरोध सिर्जना ।
२) स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३) न्यायिक विचलनलाई प्रोत्साहन ।
४) सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५) न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
६)बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७) राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८) नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९) भ्रष्टाचार र बेथिति मौलायो ।
१०) विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११) स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२) आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।
Like this:
Like Loading...