काठमाडौं ।
राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य आज (विहीबार) देखि सुरु भएको छ ।
बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिएको हो । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेका हुन् । अब उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना गरिँदैछ ।
हरेक १० वर्षमा सञ्चालन गरिने जनगणना यसपटक आगामी मङ्सिर ९ गतेसम्म जारी रहने केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ ।जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको विभागले जनाएको छ ।जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट लाग्ने बताइएको छ ।
Like this:
Like Loading...