लायन्स क्ल्वस् इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को डि जी प्रेसिडेन्ट मिट कार्यक्रम पोखरा को ग्राण्ड होटलमा सम्पन्न भएको छ । यही कार्तिक 27/28 गते सम्पन्न उक्त कार्यक्रममा डिष्ट्रिक भरि बाट करिव २ सय क्लवका अध्यक्षहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको डिष्ट्रिक गभर्नर पिएमजेएफ लायन राम प्रसाद भट्टले समुद्घाटन गर्नुभएको थियो ।
लाइफ कोच तथा मोटिभेस्नल स्पिकर रविन कटवालले नेपालमा लायन्सवादको महत्व र मानविय सेवामा यसले खेलेको भुमिका र लायन हुनुको सार्थकता बारे करिव ३ घण्टा मोटिभेसनल प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा पिडिजी लायन प्रभात कुमार जोशी भिडीजी द्धय सि बी चन्द र नवराज न्यौपाने लगाएत सिनियर क्याविनेट अफिसरहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
डिस्ट्रिक भरि बाट बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने बिभिन्न क्लवका अध्यक्षहरुलाई अन्तराष्ट्रिय प्रेसिडेन्टको पिन प्रमाणपत्र तथा डिष्ट्रिक गभर्नरको मेडल द्वारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा एरिया ४ को लायन्स क्लव अफ भैरहवा ग्रिनसिटीका अध्यक्ष लायन गोबिन्द गरी उत्कृष्ट क्लब अध्यक्षका रुपमा सम्मानित भएका थिए । डिस्ट्रिक्ट भरिका उत्कृष्ट कार्य गर्ने क्लव मध्ये एरिया चारको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको डिष्ट्रिक गभर्नर ला राम प्रसाद भट्ट ज्यूले मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो।
भैरहवा ग्रिनसिटीले बिगत २ बर्ष देखि भैरहवा तथा यस वरपरका क्षेत्रमा उत्कृष्ट मानविय सेवाका कार्य गर्दै आएको छ । क्लवका अध्यक्ष गोबिन्द गिरीले क्लवले गरेको निस्वार्थ सेवाको परिणाम स्वरुप डिस्ट्रिकले उच्च मुल्यांकन गरेको बताए । गिरीका अनुसार प्राप्त सम्मानका कारण लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी लाई अझ राम्रा कामहरु गर्न थप प्रेरणा एवं हौसला मिलेको छ ।
Like this:
Like Loading...