काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।
आज बस्ने भनिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन बहुपक्षीय छलफलमा लागेका छन् ।
सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने प्रयास गरेका देउवाले पहिलामा विपक्षी गठबन्धनमा भएकाहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।
Like this:
Like Loading...