काठमाडौं ।
काठमाडौंमा सडक अवरुद्ध गराउँदै हिँडेका नेत्रबिक्रम चन्द विप्लवका २२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएको विरोधमा विप्लवले आज बन्दको आह्वान गरेका हो ।
नेत्रविक्रम चन्दको नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवागमन रोक्ने र सार्वजनिक सवारी साधनमाथि तोडफोडको प्रयास गरेका छन् । सोक्रममा सुन्धारा, त्रिपुरेश्वर, बालाजु, बल्खुलगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रदर्शनकारीले सडकमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए।
Like this:
Like Loading...