रुपन्देही । बुटवलमा एक दिने नेवाः भोज कार्यक्रम सम्पन्न भएको छ । बुटवल नेवाः समाज बुटवल उपमहानगर वडा १ र २को आयोजनामा नेवाः भोज कार्यक्रम सम्पन्न भएको हो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
सोमावार बुटवल १को महाविर पुस्तकालयको प्रङ्गणमा आयोजनामा गरिएको कार्यक्रममा खानाको साथै नेवारी सँस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको आयोजकले जनाएका छन् । नेवाः भोज कार्यक्रममा स्थानीय कला सस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकी समेत देखाइएको कार्यक्रम संयोजक अरुणा श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रमा नेवार समुदायका प्रख्यात खानाका रुपमा रहेका चिउरा , भट्ट , लहसुन , अदुवा , बारा , भेज तथा बफ छोयला , भुटुवा , गेडागुडी , चुकाउनी , साग(वाउचा) , वास(थो) , कुखुराको मासु , तखला /सन्या खुनी , भ्यात्ल , मेथी क्वा , तामा क्वा , सिसापुसा लगाएतका खानाका परिकारहरु राखिएको थियो । त्यस्तै , सगुन तर्फ टिका , धजा , अण्डा , अदुवा , लहसुन , माछा , वास , दहि राखिएको थियो ।
कार्यक्रममा २सय ५० बढिको उपस्थिती रहेको कार्यक्रमका आयोजक मदन श्रेष्ठले जानकारी दिनु भयो । भने कार्यक्रममा प्रवेश शुल्क एक हजार राखिएको थियो ।
नेवारी समुदायको बाहुल्य क्षेत्र रहेको बुटवल १ र२मा स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रचार प्रसार गर्न कार्यक्रम फलदायी रहेको बुटवल १ का वडा अध्यक्ष महेन्द्र लिगलले बताउनु भयो । यसलाई थप प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिकाले पनि पहल गर्न जानकारी दिनु भयो ।कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी ,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।
Like this:
Like Loading...