भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखको लागि नेकपा एमालेको तर्फबाट डा.रामप्रसाद बस्यालले उम्मेदवारी दर्ता गरेका छन् । २०३८ सालमा पाटि सदस्यता लिएका बस्याल समाजसेवाका क्षेत्रमा अग्रहणी रहेका छन् । रुपन्देहीको राजनीतिमा अनुभवी र पाका राजनीतिकर्मिको रुपमा परिचीत डा. बस्याल २००५ सालमा पाल्पाको बराङ्गदीमा जन्मिएका हुन् । उनी पाल्पा तानसेनमा ६ कक्षा सम्म अध्ययन गरे । ७ कक्षा देखि भारत गएका बस्यालले भारतको हरिद्वार र देहेरादुनमा बसेर आइएससी सम्मको अध्ययन गरे । विद्यार्थि राजनीतिदेखि राजनीतिमा सक्रिय बस्याल आइएससी पुरा गरेपछि नेपाली छात्र संघ पंचपुरीको अध्यक्ष समेत भएका थिए । आइएससी पास गरेपछि बस्याल नेपाली राजदुतावासमा तत्कालिन राजदुत भिम बहादुर पाडें संग नजिक हुन पुगे । भिम बहादुरको प्रेरणाले बस्यालले कानपुर मेडिकल कलेजमा निशुल्क रुपमा चिकित्साशास्त्रको अध्ययन गरे ।
चिकित्सक भएपछि नेपालमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ बस्याल २०४२ सालमा पाल्पा जिल्ला पुगेर जनपक्षिय उम्मेदवार बने । त्यसपछी बस्याल भैरहवा आएर मेडिकल खोलेर बस्न थाले । बस्यालले २०४५ सालमा लुम्बिनी अंचलमै पहिलो औषधी उद्योग सिद्धार्थ फार्मासुटिकल्स संचालनमा ल्याए । उद्योग व्यवसायी सँगसँगै स्वास्थ्य सेवा मार्फत जनताको सेवामा दिनरात खटिएका बस्याल नेकपा एमालेमा २०३८ साल देखि सक्रिय भएका हुन् ।
बस्यालले पार्टीको काम गर्दै गर्दा पार्टीका शिर्ष नेता बिष्णु पौडेल, मोदनाथ प्रशित, स्व जिवराज आश्रित, बामदेव गौतम, टंक कार्की, अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, घनश्याम भुसाल लगायत नेताहरुलाई सेल्टर दिने, भुमिगतकालमा पन्चायती शासकहरुबाट लुकाउने , विभिन्न पाटिका प्रशिक्षण चलाउन सहयोग गर्ने देखि लिएर औषधी उपचार सम्म गरे । बस्यालका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व अर्थमन्त्री स्व भरत मोहन अधिकारीलाई समेत भुमिगत कालमा एक हप्ता सम्म आफ्नो घरमा लुकाएर राखेका थिए ।
पार्टी काम गर्दै गर्दा एकपटक नेकपा एमालेको सिद्धार्थनगर नगरकमिटीको सह – सचिवको जिम्मेवारी पुरा गरेका बस्यालले अन्य समय पाटिको शुभचिन्तक र असल कार्यकर्ताको रुपमा काम गरिरहे । माओवादी जनयुद्धको समयमा गोरखपुरमा भएको पुष्पकमल दाहाल सँगको एमाले शिर्ष नेताको बार्तामा पार्टीका नेताहरुलाई पुर्याउने देखि लिएर पार्टीका नेता कार्यकर्ताहरुको निशुल्क उपचार सम्म गर्ने कार्य गरेका छन् ।
०६२।०६३ को आन्दोलनमा गणतन्त्र प्राप्तीकोलागि सक्रिय नेतृत्व गरेका बस्याल पाटिका हरेक आन्दोलनमा अग्रभागमा रहेर क्रियाशील छन् । उनी पाटिमा समय समयमा आउने संकट र समस्याको बेला सतिशाल झै भएर सिद्धान्त र निष्ठाको पक्षमा उभीरहें । पाटि भित्र सन्तुलन मिलाएर लैजान सक्ने नेताको रुपमा रहेका बस्याल भैरहवा क्षेत्रमा सबैका प्रीय समेत मानिन्छन्् । एमालेको उम्मेदवार रहेता पनि सामाजिक संघसंस्था र सबै दलका कार्यकर्ताहरुको साझा उम्मेदवारका रुपमा उनलाई भैरहवाबासीले लिएका छन् ।
Like this:
Like Loading...