भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ लुम्विनी सिद्धार्थनगरको अध्यक्षको जिम्मेवारी राजन जङ्ग राणाले पाउनुभएको छ । बुधवार एक कार्यक्रम आयोजना गरि क्लवका वर्ष २०२०/२१ का अध्यक्ष प्रकाश पोखरेलले वर्ष २०२१/२२ का अध्यक्ष राजन जङ्ग राणालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
सन् १९९६ मा स्थापन भएको क्लवमा राणाको नेतृत्वमा अध्यक्ष निर्वाचित भोज बहादुर खत्री , अध्यक्ष मनोनीत नारायण प्रसाद भण्डारी , प्रथम उपाध्यक्ष ओम जैसी, दृतिय उपाध्यक्ष कमलराज ढकाल , सचिव दिनेश पौडे्याल, कोषाध्यक्ष पर्शुराम पराजुली , सर्जेन्ट अेट आर्म प्रथम प्र.डा.लक्ष्मी पाठक , कल्ब ऐड्मिनिस्टर चेयर प्रशान्त मल्ल , मेम्बरसिप चेयर दिनेश अग्रबाल, पब्लिक रिलेशन/ ईमेज चेयर ई. मधु गौतम , फाउन्डेसन चेयर जितेन्द्र शर्मा लगायत २३ जनाको बोर्ड अफ डायरेक्टरको गठन सर्वसम्मत भएको छ।
कल्ब रोटरि अन्तरास्ट्रियको डिस्टिक ३२९२ नेपाल भुटान अन्तरगत रिजन ५ को जोन २० मा रहेको छ। डिस्ट्रिक गभर्नर सन्तोष प्रसाद रिजालले कल्बका असाइन असिस्टेन्ट गभर्नरमा जीवन अधिकारलाई नियुक्त गर्नु भएको छ ।
Like this:
Like Loading...