काठमाडौ ।
यस बर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ को नतिजा साउन मशान्तभित्र आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले ‘एसईई’ को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो ।
हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको बताइएको छ ।यस वर्षको एसईईको मूल्यांकन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत ‘विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय’, निर्णयात्मक ५५ प्रतिशत ‘विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन’ र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउनेछन् ।
प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन विद्यालयकै मूल्यांकन समितिलाई पेश गर्नुपर्छ ।मूल्यांकन समितिले रुजु गरी जिल्ला शिक्षा समन्वय इकाइमा पठाउँछ र जिल्ला समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ ।
Like this:
Like Loading...