काठमडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
Like this:
Like Loading...