काठमाडौं ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरू हुने भएको छ ।
परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात् होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाईजात्रा र जनैपूर्णिमाको दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन हुने भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो । यसपटक ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Like this:
Like Loading...