भैरहवा । रुपन्देहीको सुद्धोधन गाउपालिकामा जनप्रतिनिधीको प्रयासमा तिन जना युवाहरु मिलेर लोकल कुखुराको ब्यवसायीक पालनमा गरिरहेका छन् । सुद्धोधन गाउँपालिका–३ का वडा अध्यक्ष हेमबहादुर खड्का (शिव) ले गाउपालिकामा लोकल कुखुरा पाल्दै आएका छन् । अहिले उनले लोकल कुखुरा बिक्री गरेर मात्र दैनिक ३० हजार भन्दा बढि आम्दानी गर्ने गरेका छन् ।
शुद्धोधन–४, जुगडिहवामा फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रालि दर्ता गरेर २ हजार कुखुरा बाट शुरु गरेका खड्काले अहिले ८ हजार लोकल कुखुरा पाल्दै आएका छन् । खड्कासँगै उनका साथीहरु बालकृष्ण पराजुली र खोमबहादुर केसीले २०७६ असार देखि लोकल कुखुरा पाल्न शुरु गरेका हुन् । खड्काले लोकल कुखुरा बाहेक अन्य केही पशुपन्छी पनि ब्यवस्थित रुपमा पालन गरिरहेका छन् ।
जिल्लामा जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा वडा अध्यक्ष खड्काकै पहलकदमीमा तिन युवाहरुले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका हुन्। गाँउघरमा समेत मासिदै गएको बेला युवाहरुले एकैपटक ठुलो संख्यामा लोकल कुखुरको पालन सुरु गरेका हुन्। ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा हामिहरुले स्थानीय जातको लोकल कुखुराको व्यवसायीक पालनमा जुटेका हौ,’ युवाहरुले भने। सामुहिक रुपमा सुरु गरेको व्यवसायमा फर्साटिक एग्रो एण्ड रिसर्च प्रा ली दर्ता गरेर पालन गरेको लोकल कुखुरा बाट आफुहरु सन्तुष्ट भएको वडा अध्यक्ष हेम बहादुर खड्का बताउछन् ।
फार्ममा घाँटी खुइले, उल्टे, सुल्टे, कडकनाथलगायत स्थानीय जातका कुखुरा पालिएको छ। फर्ममा पाल्ने जातको लोकल कुखुरा पालनका लागि शुरुमा उनिहरुले चल्ला बाहिरी जिल्लाबाट आयात गरेपनि अहिले भने फर्ममै ह्याचिङ मेसिन राखेर चल्ला उत्पादन गर्दै आएका छन् ।
३ बिघा जमिन भाडामा लिएर दुई करोड लगानीमा युवाहरुले व्यावसायिक कृषिफार्म सुरु गरेका हुन्। लोकल कुखुरासँगै फार्ममा उनीहरुले २ हजार चाइनिज हाँस, २ बिगाहामा रहेको ४ वटा पोखरीमा माछा, विभिन्न जातका १ सय ५० वटा बाख्रासमेत पालिरहेका छन्।
फर्ममा ब्यवस्थित रुपमा पशुपन्छी पालनको लागी भेटेनरी जेटिए समेत राखिएको छ । लोकल कुखुरा र अन्य पशूपन्छीको स्वास्थमा एकदमै ध्यान पुर्याएर यहा फर्म संचालन गरिएको छ ।
फार्मबाट लोकल कुखुरा र हाँसका चल्ला तथा अण्डा उत्पादन गरी बिक्री पनि गर्दै आएका छन्। विशेष गरी मासु र अण्डाका लागि प्रख्यात लोकल कुखुरा अन्य मासुको तुलनामा स्वाद फरक हुन्छ । स्वाद रूचाएपछि यसको माग बढी भएको छ । उपभोक्ताले दोब्वर पैसा तिरेर मासु किन्ने गरेका छन् ।
कुखुरा हुर्काउन ६ वटा फार्म बनाइएको छ। फार्ममा रहेका कुखुराले दैनिक ५ सय अण्डा दिन्छन्। तीमध्ये धेरैजसो अण्डा बिक्री हुन्छन्। बाँकीलाई ‘ह्याचिङ’ मेसिनमा २१ दिनसम्म राखेर चल्ला निकालिन्छ। फार्ममै राखिएको ह्याचरीमा एकपल्टमा ३ सय अण्डा राखेर चल्ला निकाल्न मिल्छ। हाँसको पनि यही नै चल्ला उत्पादन गरी बिक्रीवितरण हुँदै आएको छ।
Like this:
Like Loading...